महिला हिंसा रोक्न घरघरमै सचेतना आवश्यक

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७८
hinsa~

पोखरा । महिला हिंसा न्युनीकरणका लागि घरघरमै सचेतना आवश्यक छ । पोखरामा आयोजित महिला हिंसाविरुद्ध सचेतना कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन् ।
अभियान युवा क्लब, अभियान महिला समूह, जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको संयुक्त आयोजनामा बुधबार सचेतना कार्यक्रम भएको हो ।
पछिल्लो समय महिला हिंसाको स्वरुप परिवर्तन हुँदै बढ्दै गएकाले घरघरबाटै सचेतना जगाउनुपर्ने प्रहरी नायब निरीक्षक होतबहादुर रोकाहाले सचेतनामूलक प्रशिक्षणमा बताए । ‘महिला भएकै कारण महिलामाथि दुब्र्यबहार हुने गरेको छ । यसलाई रोक्न प्रत्येक घरका सदस्यलाई सचेतना हुनु जरुरी छ’ उनले भने, ‘पछिल्लो समय बालहिंसा र महिलाहिंसाको रुप तीव्ररुपमा बढ्दै गएको छ ।’
प्रशिक्षित महिलाहरुले प्रशिक्षणले महिला हिंसाका बारेमा धेरै कुरा जानिएको बताए । उनीहरुले महिला हिंसा रोक्न सहयोग गर्ने प्रतिबद्धता जनाए । अभियान महिला समूह अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष शर्मिला केसीले गरेकी थिइन् । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका सूर्यबहादुर केसी, पार्वती रानाभाट, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, जिल्ला प्रहरी कार्यालयका भीम काफ्ले, एकल महिला समूह पोखरा वडा ५ की अध्यक्ष राजकुमारी थापालगायत ३५ जनाको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै