सामुदायिक माटेपानीको रक्तदान

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७८
matepani blood

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, माटेपानीको आयोजनामा १७ औं खुला रक्तदान कार्यक्रम छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले कार्यक्रम उद्घाटन गर्दै कुनै पनि विद्वानले कुनै प्रयोगशालामा मानिसको रगत बनाउन नसक्ने र रगतको अभावले मृत्यृको मुखमा पुगेकालाई बचाउन रक्तदान महत्वपूर्ण हुनेछ ।
कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ, वडा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्की, सशस्त्र प्रहरी निरीक्षक यमबहादुर बस्नेत, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा, जिल्ला समन्वय समिति कास्की अध्यक्ष बोधराज कार्की, केन्द्रका संस्थापक अध्यक्ष मायादेवी तझ्या, केन्द्रका निवर्तमान अध्यक्ष बलबहादुर कार्की स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्य, लालीगुँरास आमा समूहका अध्यक्ष भगवती शर्मा बास्तोला लगायतले बोलेका थिए ।
कार्यक्रममा पुरुष ५८ र महिला ६ जना गरी ६४ जनाले रक्तदान गरेको जानकारी कार्यक्रम संयोजक कोषाध्याक्ष किरण सिग्देलले जानकारी दिए ।
संस्थाकी अध्यक्ष मीरादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष इन्दिरा पन्त आचार्य र सचिव नेत्रबहादुर तिमिल्सिनाले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै