पोखरामा ब्रेभ गोर्खाको शाखा

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
breav gorkha

लेखनाथ । पोखरा २९ भण्डारढिकामा ब्रेभ गोर्खा एजुकेसन तथा फिजिकल एकेडेमी सञ्चालनमा आएको छ । लेखनाथ र पोखरा क्षेत्रकालाई गोर्खा र ब्रिटिस सेनामा भर्ती गराउन यस क्षेत्रमा सञ्चालन गएिको सञ्चालक गणेशबहादुर रानाले जानकारी दिए ।
कार्यक्रममा मेजर जंगबहादुर गुरुङले धेरै युवाहरु भारतीय र व्रिटिस सेनामा इच्छुक भएकोले लेखनाथलाई मुख्य क्षेत्र बनाएर सञ्चालनमा आएकामा खुसी व्यक्त गरे । कार्यक्रममा लेखनाथ क्षेत्रका आमा समूह, टोल विकास समिति लगायत स्थानीयको सहभागिता थियो । दाङ सुर्खेतको सफलतापछि गण्डकी प्रदेशको पोखरामा सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक क्याप्टेन कुलबहादुर गुरुङले बताए । यसपछि माग भए अनुसार अन्य ठाउँहरुमा पनि शाखा खोल्ने योजना भएको बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width