एमसिसीको सांगीतिक विरोध

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७८
no mcc songss

पोखरा । अमेरिकी परियोजना एमसिसीबारे देशका शक्ति विभक्त भएका बेला जनपक्षीय लेखक, कलाकार भने यसको लेख, रचना र गीतबाट विरोध गरिरहेका छन् । यसै क्रममा पोखराका गीतकार सुरज उपाध्यायको गीत ‘नो एमसिसी’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । गीतले भन्छः
खाए खा, नखाए घिच अमेरिका भन्छ
भन साथी भिख मागेर देश कहिले बन्छ ?
से नो एमसिसी, से नो एमसिसी
गीतमा संगीत र एरेन्ज तारानाथ आचार्यको छ भने स्वरमा आचार्यलाई पार्वती जिसी, ईश्वर सिंह, समीर रामदाम र सुरेश भुर्तेलले साथ दिएका छन् । डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा गीत रेकर्ड भएको हो । गीतकार उपाध्यायले देशलाई बचाउन आफ्नो पक्षबाट खबरदारी गर्ने क्रममा गीत लेखिएको जनाए । उनी भन्छन्, ‘एमसिसीविरुद्धमा लेखिएको हो । यो पास भए देश युद्ध मैदान बन्छ, यसको निहुँ पारेर देश रणभूमि बन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width