सामुदायिक प्रहरी जिल्ला समन्वयको सहयोग

आदर्श समाज सम्वाददाता
माघ २६, २०७८
help~

पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १७ औं वार्षिकोत्सवका अवसरमा खाद्यान्न सामान सहयोग गरिएको छ । पोखरा ३० पावर हाउस सैनिक बस्तीमा रहेका दृष्टिविहीनहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।
संघीय प्रहरी इकाइ कार्यालय गण्डकी पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले सामुदायिक सेवा यस्तो विशुद्ध सेवा हो जसले निस्वार्थ रुपमा समाजमा धार्मिक कार्य गर्नुका साथै आपराधिक गतिविधि कम गर्न सामुदायिक सेवा केन्द्रहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्कीले सामाजिक विकृति विसंगति कम गर्ने कार्यमा अगाडि बढ्न थप प्रेरणा र उत्साह मिलेको बताए । कास्की जिल्लामा क्रियाशील सबै सामुदायिक सेवा केन्द्रहरु एकजुट भएर सामाजिक सेवामा लाग्ने प्रतिबद्धता उनले जनाए । संस्थाका वरिष्ठ उपाध्यक्ष भीम पराजुलीले स्वागत र महासचिव मनपति भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रम संस्थापक अध्यक्ष मगंलबहादुर नेपाली, निवर्तमान अध्यक्ष सोमनाथ बास्तोला, दृष्टिविहीन अपांग संस्थाका अध्यक्ष डण्डपाणि ढकालले बोलेका थिए ।
कार्यक्रममा सहकोषाध्यक्ष प्रेम पहारी, कार्य समिति सदस्य दोर्जे तामाङ, सल्लाहकार शेरबहादुर गुरुङ, कार्यरत प्रहरी कर्मचारी, स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायत सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width