गण्डकीमा गठबन्धन अझै मजबुद बनाइने

आदर्श समाज सम्वाददाता
माघ २५, २०७८
congress~

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पाँचदलीय गठबन्धनलाई अझै मजबुद बनाउँदै लैजाने निर्णय गरेको छ ।
कांग्रेस प्रदेश अध्यक्ष शुक्रराज शर्माको अध्यक्षतामा मंगलबार पाँचदलीय गठबन्धनका नेतृत्वसँग पार्टी कार्यालय तेर्सापट्टीमा बसेको हो ।
बैठकपछि प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’ द्वारा जारी विज्ञप्तिमा पाँचदलीय गठबन्धनको हालसम्म भए गरेका गतिविधिका बारेमा समीक्षा गर्दै गठबन्धनलाई थप प्रभावकारी बनाउँदै लैजाने निर्णय भएको जनाइएको छ । साथै, सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा सोको स्वागत समेत गरेको छ ।
बैठकमा कांग्रेसका प्रदेश अध्यक्ष शुक्रराज शर्मासहित गायत्री गुरुङ, रामजी शर्मा, किरण थापा, मोतिराज रिजाल, प्रतापलाल श्रेष्ठ, किरणबाबु श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width