एनसेलको ‘ननस्टप टाइम प्याक’

आदर्श समाज सम्वाददाता
माघ २१, २०७८
ncell

पोखरा । एनसेलका ग्राहकले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने छन् । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्ने जनाइएको छ ।
कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात् १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप २ नयाँ डेटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकलाई यी प्याकहरु उत्तम विकल्प हुन् ।
यस योजनामा ग्राहकले करसहित १० रुपैयाँमा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक ३० रुपैयाँमा लिन सक्छन् । यी प्याक सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोवाइल इन्टरनेट सेवा पाउँछन् ।
ग्राहकले सजिलैसँग एष्ट्रिक्स्१७१२३ह्यास डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याक लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्दछ ।
ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइनमार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । करसहित २२ रुपैयाँ पाइने १ घण्टाको डेटा प्याक ग्राहकले पहिलादेखि नै मन पराउँदै आएका छन् ।
यी टाइम प्याकको समयवधि ग्राहकले प्याक सुचारु गरेको समयको आधारमा गणना गरिन्छ । उदाहरणका लागि, यदि कुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समयसीमा ३ बजेसम्म मान्य हुन्छ । आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकताअनुसार ग्राहकले यी प्याक जति पटक लिन सक्छन् ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width