खैरेकोटमा सामाजिक सुरक्षा भत्ता

आदर्श समाज सम्वाददाता
माघ २०, २०७८
harinas news ~

पोखरा । स्याङ्जाको हरिनास गाउँपालिका १, खैरेकोट, घरेडीको घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरको नेतृत्वमा वृद्धभत्ता, एकल महिला भत्ता लगायत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । कुमारी बंैक चित्रेभञ्याङ शाखाको समन्वयमा विभिन्न स्थानमा गाउँपालिकाले सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
भौगोलिक दूरी तथा विभिन्न कारणले बंैकसम्म आउन नसक्नेका लागि उक्त सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष मानन्धरले जानकारी दिए । ‘हाम्रो गाउँपालिकाको जनताको सुख दुख, समस्या बुझेर जनतालाई सेवा दिनु हाम्रो कर्तव्य हो । त्यसैले अशक्त वृद्धवृद्धाको सेवाको लागि घरघरमै पुगेर सेवा दिनु हामीले दायित्व सम्झेर यो कार्य गर्दै आएा छौं, ’ उनले भने । उनले गाउँपालिकाका विभिन्न आवश्यक स्थानहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिए ।
सुरक्षा भत्ता वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर, वडा २ का अध्यक्ष पर्शुराम सिग्देल, कुमारी बैंक चित्रेभञ्याङका शाखा प्रमुख लगायतकाको सहभागिता थियो । सो अवसरमा करिब ६० जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width