गण्डकीमा निको हुने बढे

आदर्श समाज सम्वाददाता
माघ १७, २०७८
Corona Banner

पोखरा । गण्डकीमा पहिल्लो २४ घन्टामा २ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा पिसिआरबाट २ सय ३० र एन्टिजेन परीक्षणबाट ५७ जना छन् । गण्डकीमा आइतबार कोरोनामुक्त हुनको संख्या ६ सय २७ रहेको छ । प्रदेशमा पछिल्ला दिनमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ ।
गण्डकीमा शनिबार ७ सय २ जना निको भएका थिए भने ५ सय १६ जना संक्रमित भएका थिए । आइतबार प्रदेशमा ५ सय ४२ नमुना परीक्षण गरिएकोमा २ सय ८७ जनामा पोजेटिभ देखिएको हो । सबैभन्दा बढी कास्कीमा १ सय ८७ जना संक्रमित भएका छन् । गोरखा र मनाङमा शून्य संक्रमित हुँदा पर्वतमा १ जनामा पोजेटिभ देखिएको हो । यस्तै बागलुङ ४५, नवलपुरमा १७, स्याङ्जामा १४, तनहुँमा १०, म्याग्दीमा ८, लमजुङमा ३ र मुस्ताङमा २ संक्रमित भएका हुन् ।
यसैबीच कोरोना संक्रमणबाट तनहुँका जनाको पोखरामा मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ११ का ४० वर्षका पुरुष छन् । माघ ६ गते कोरोना संक्रमित उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या गण्डकी प्रदेशमा १ हजार ४ सय ३७ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल देशैभरि ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।
देशभरमा माघ १३ देखि आइतबारसम्म कारोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । पछिल्लो २४ घन्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतकको संख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयकाअनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width