पाटेबाघ मृत फेला

आदर्श समाज सम्वाददाता
माघ १६, २०७८
tiger death2

नवलपरासी । बर्दघाट १६ स्थित दाउन्ने देवी सामुदायिक वन क्षेत्रको भालु खोलामा शनिबार पाटेबाघ मृत फेला परेको छ ।
बिहानमा गाउँलेहरु जंगल गएका बेला गोली लागेको अवस्थामा मृत पाटेबाध देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए । साढे ७ फिट लम्बाइ र ३ फिट उचाइको करिब १ सय ५० किलोको बयस्क बधिनी मृत फेला परेको बर्दघाट सरावल सव डिभिजन वन कार्यालय, बर्दघाटले जनाएको छ ।
मरेको बाघ सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीले बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाट ल्याएका छन् । बाघको प्रकृति हेर्दा वन्यजन्तु चोरीशिकार गर्ने तस्करले पासोमा पारी गोली हानी हत्या गरेको हुन सक्ने वन कार्यालय बर्दघाटका प्रमुख गिरीराज पन्तले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जनाए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार रोहवरमा इलाका वन कार्यालयकै परिसरमा सो मरेको बाघ गाडिने प्रमुख पन्तले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width