पोखरा । राष्ट्रिय सभाको उपनिर्वाचन बुधबार हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । सबै प्रदेशका केन्द्रमा मतपत्र पुगिसकेको छ । राष्ट्रिय सभामा देशभरबाट १९ सिट रिक्त हुँदैछ । फागुन २० बाट रिक्त हुने उक्त पदका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा सबै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसबाट ६, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ५/५, जनता समाजवादी पार्टी २ र राष्ट्रिय जनमोर्चाबाट १ जना चुनावी प्रस्तिपर्धामा छन् । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
गण्डकीमा ३ पदका लागि ६ जनाको मनोनयन दर्ता भएको छ । पुस २० मा गठबन्धनबाट ३ र एमालेका ३ उम्मेदवारले नाम दर्ता गराएका हुन् । गठबन्धनतर्फबाट महिलामा कांग्रेसनेतृ कमला पन्त, दलितमा भुवन सुनार र खुलामा सुरेश आलेमगरले उम्मेदवारी दिएका छन् । एमालेबाट खुलामा पुण्य पौडेल, महिलामा लीला थनेत र दलितमा अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएका छन् । उनीहरु ११ वटै जिल्लामा चुनावी प्रचार सकेर पोखरा फर्किएका छन् ।
बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । गण्डकीमा २ सय २९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । सांसदको मतभार ४८ छ भने पालिकाका जनप्रतिनिधिको १८ मतभार रहने छ । गण्डकी प्रदेशमा एमाले एकातिर छ भने कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी अर्कोतिर छ । जनप्रतिनिधि र सांसदको हिसाब गर्दा गठबन्धनभन्दा एमाले ७ सय ४ मतभारले पछाडि छ ।
२७ सांसद रहेका एमालेको मतभार १ हजार २ सय ९६ हुन्छ । १५ सांसद रहेको कांग्रेससँग ७ सय २०, १२ जना सांसद रहेको माओवादीसँग ५ सय ७६ मतभार छ भने जनमोर्चा र जनता समाजवादीसँग ९६/९६ मतभार छ । स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरुको मतभार १ हजार ४ सय १८ हुन्छ । ६९ जना एमाले जनप्रतिनिधिको मतभार १ हजार २ सय ४२ छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादीको मतभार २ सय १६ छ । यहाँ जनमोर्चाको ३ जनप्रतिनिधि र राप्रपाका २ जनप्रतिनिधि छन् । मतभार हिसाब गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ ।
आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने
समग्रमा एमाले एक्लैसँग २ हजार ५ सय ३८ मतभार छ । कांग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ मतभार छ । जनमोर्चासँग १ सय ५०, जनता समाजवादीसँग ९६ र राप्रपासँग ३६ मतभार छ । स्वतन्त्र सांसद राजीव गुरुङ गठबन्धन सरकारको मन्त्री छन् । उनले गठबन्धनमै मतदान गर्ने दाबी गठबन्धनका नेताहरुको छ । यद्यपि उनले आफ्नो धारणा बोलेका छैनन् । स्थानीय तह र प्रदेशसभाका सांसदहरु पार्टीबाट निर्वाचित हुने भएकोले फरक पर्नेखालको नतिजा खासै आउँदैन । १/२ मत तलमाथि भए पनि त्यसले प्रभाव खासै राख्दैन । त्यसैले गण्डकीमा एमाले भन्दा गठबन्धन निकै बलियो देखिन्छ । यसअघि भने बाम गठबन्धन एकातिर हुँदा कांग्रेस एक्लै परेको थियो । २ वर्ष बिताएर बिदा भएका सुरेन्द्र पाण्डे र बृन्दा रानामगरको ठाउँमा कांग्रेस भर्सेज बाम गठबन्धन थियो । दुवै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
अहिले माओवादीबाट निर्वाचित सांसद दीनानाथ शर्मा र खिमबहादुर विक तथा तत्कालीन एमाले (हाल एकीकृत समाजवादी) बाट निर्वाचित शान्तिकुमारी परियारको अवधि सकिएको छ । मतदानको विषयमा गण्डकीका राप्रपाबाट जितेका जनप्रतिनिधि दुईतिर छन् । बागलुङका उपमेयर सुरेन्द्र केसी पार्टी ह्वीप अनुसार नै मतदान नगर्ने बताउँछन् भने बेनी नगरकी उपमेयर सञ्जु बरुवाल मतदान गर्न प्रदेश राजधानी पोखरा आइसकेकी छिन् । ‘मतदान त अधिकार हो । मैले चुनाव एमालेकै सहयोगमा जितेको हुँ । अहिले एमालेलाई गाह्रो पर्दा साथ दिनुपर्यो,’ उनले भनिन्, ‘अहिले पार्टीले विज्ञप्ति निकालेर मतदान नगर्ने भनेको रहेछ । सोचिरहेको छु । अवस्था हेरेर निर्णय लिन्छु ।’ उनी आजभोलि पार्टी राजनीतिमा खासै सक्रिय छैनन् । केही समयअघि एमाले प्रवेश गर्ने होहल्ला समेत बाहिरिएको थियो । केसी भने बागलुङमै छन् । अरु सबै जनप्रतिनिधि र सांसदहरु मतदानका लागि आइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको काहुँडाँडामा भीषण आगलागी
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी
hero news full width
मुख्य समाचार
सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार
चैत्र ४, २०८०विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुन्छ : मुख्यमन्त्री पाण्डे
चैत्र ४, २०८०बाबुरामलाई संसद सचिवालयले भन्यो : महिन्द्रराय र उमरावती माओवादीकै सांसद
चैत्र ४, २०८०दीपक मनाङेले त्यागे दलीय आबद्धता, गण्डकीको राजनीतिमा नयाँ तरंग
चैत्र ४, २०८०प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री पाण्डेले सँगै कम्मर मर्काउँदा
चैत्र ४, २०८०