सिटिइभिटीअन्तर्गतका परीक्षा स्थगित

आदर्श समाज सम्वाददाता
माघ १२, २०७८
CTEVT

पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणका कारण सिटिइभिटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो ।
सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले सिटिइभिटीको मंगलबार बसेको बैठकले परीक्षा सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिए । उनले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी र कर्मचारीमा कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
सिटिइभिटीले माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र २२ मा प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले माघ २७ देखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायत विभिन्न कार्यक्रमअन्तर्गत नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा १० दिन समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सिटिइभिटीको तयारी रहेको उपनियन्त्रक घिमिरेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै