जन्मदिनमा प्रकाशको सहयोग

आदर्श समाज सम्वाददाता
माघ ११, २०७८
apanga

पोखरा । जन्मदिन अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपांगता भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले आफ्नो ३० औं जन्मदिन अवसरमा फरक क्षमता भएका १६ विद्यार्थीलाई ३५ हजार मूल्य बराबरको विद्यालय पोशाक, कपि, कलम, मास्क लगायत सामग्री वितरण गरिएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै अपांगता भएका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर जन्मोत्सव मनाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यको युवा वर्गले अनुशरण गर्नुपर्ने आवश्यकता औल्याए ।
समारोहमा स्वकीय सचिव शर्माले आफ्नो जन्मदिनको अवसरमा आफूले आर्जन गरेको कुल आम्दानीको १५ प्रतिशत रकमबाट समाजका फरक क्षमता भएका, गरिब एवं विपन्न वर्गलाई १० वर्षदेखि सहयोग गर्दै आएको जानकारी दिए । अपांगता भएका विद्यार्थी भाइबहिनीले आफूलाई कमजोर महसुस नगरिकन शिक्षामा अव्वल हुनुपर्नेमा जोड दिंदै उनले पठनपाठनमा कुनै अप्ठेरो परेको जानकारी गराए आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
नेपाल अपांग समाज सेवा संघ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्तले संस्थामार्पmत अपांगता भएका २ सय ७६ जना बालबालिका विभिन्न विद्यालयमा अध्ययनरत रहेको बताउँदै संस्थाको सहयोगमा अध्ययन गरेका कतिपय विद्यार्थीले शिक्षण एवं निजामती सेवामा प्रवेश गरेको जानकारी दिए । कार्यक्रममा समाजसेवी गोपी तुलाचन, सुदर्शन कोइराला, प्रेमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै