काठमाडौं । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले हिजोमात्रै सम्पन्न यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ ।
क्यानका अनुसार नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्नेछन् । एशिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स ९युएई०मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ । उक्त प्रतियोगितामा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र कुवेतको सहभागिता रहनेछ ।
बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीमा देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल र अर्जुन यादव रहेका छन् । त्यसैगरी कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदील अन्सारी छनोटमा परेका छन् ।
Related News
सम्बन्धित समाचार
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस
प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि
पोखरा कप क्रिकेट : मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी
पोखरा कप विद्यालयस्तरीय क्रिकेटमा सगरमाथा र अंमरसिंहको जित
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१