कांग्रेस गण्डकी प्रदेशमा ११४६ मत खस्यो

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७८
congress 3

सभापतिका उम्मेदवार बायाँबाट क्रमशः अर्जुन जोशी र शुक्रराज शर्मा।

पोखरा, १८ मंसिर । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत शनिबार मतदान भएको छ । बिहान करिब १० बजेदेखि भएको मतदानमा १ हजार १ सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ १ हजार १ सय ६० मतदाता थिए।

गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापनइतरको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट पर्वतका अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट कास्कीका शुक्रराज शर्मा सभापतिको उम्मेदवार छन् । दुवै हेभीवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन कसैले पनि गरेको छैन।

त्यसो त जिल्ला सभापति हेर्दा देउवा पक्ष बलियो छ भने प्रदेश महाधिवेशन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आकलन गरिएको छ । धेरैले प्यानलमा मतदान नगर्ने अवस्था छ । युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । मतगणना सुरु भए पनि परिणाम बाहिरिएको छैन।

Related News

सम्बन्धित समाचार

hero news full width