उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७८
Weather

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचीय क्षेत्र (कम दबाब प्रणाली) को चापका कारण बदलीसँगै ती स्थानमा हिमपातको सम्भावना देखिएको हो ।

यो क्रम आगामी शनिबारसम्म कायम रहने भएको छ । हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै ती प्रदेशका उच्च पहाडी र हिमाली भागका धेरै स्थानमा माध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर सामान्यदेखि पूर्णतया बदली रही कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली भागको केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको औँल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना…

hero news full width