माओावादी केन्द्रको ५ पालिकामा सर्वसम्मत

साधन राम्जाली
मंसिर १४, २०७८
Maobadi Malika

म्याग्दी । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशनअन्तर्गत म्याग्दीमा १ नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका गरी ५ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा शेरबहादुर केसी निर्विरोध चयन भए । त्यस्तै, रघुगंगा अध्यक्षमा हरि भण्डारी, मंगलामा यामबहादुर रोका, मालिकामा दोरण शेरचन र धवलागिरिमा यामन रोका चयन भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिए । उता, अन्नपूर्ण गाउँपालिका कमिटीको अधिवेशन केही दिनपछि मात्रै तय हुने भएको छ ।
माओवादीको पालिका अधिवेशनबाट नेतृत्वमा युवाहरु पुगेका छन् । चार वटै गाउँपालिकाका अध्यक्ष युवा हुन् । वडा र पालिका कमिटीको नेतृत्वमा युवाको वर्चश्व रहेको जिल्ला संयोजक जुग्जालीले बताए । ‘विद्यानमा व्यवस्था गरे बमोजिमको समावेशी प्रतिनिधित्व छ, वडादेखि पालिकासम्म कमिटीमा चिर्वाचित भएकाहरु अधिकांश युवाहरु छन् । युवाहरु पार्टीमा को आकर्षणले जिल्लामा पार्टी थप बलियो बन्ने विश्वास लिएका छौं, उनले भने ।
केसी अध्यक्ष रहेको बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का ‘भगवान’, खिमबहादुर पुन, अम्बिका ढुंगाना, सचिवमा ज्ञानेन्द्र सुवेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिवमा किसान बिक चयन भएका छन् । भण्डारी अध्यक्ष निर्वाचित रहेको रघुगंगा गाउँपालिका कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिवमा भविन्द्र शेरपुञ्जा, सहसचिवमा कर्ण राना निर्वाचित भए ।
रोका अध्यक्ष चयन भएको मंगला कमिटी उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिवमा तीर्थलाल बिक, सहसचिवमा मनमाया चोचांगी र कोषाध्यक्षमा मोतिलाल पौडेल चयन भए । मालिकामा दोरण शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन भयो । कमिटी उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धिबहादुर जुग्जाली, सचिवमा धनकुमार पाइजा, सहसचिवमा शिव दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल चयन भएका छन् । धवलागिरिमा यामन रोका अध्यक्ष, झकबहादुर छन्त्याल, रीमप्रसाद थापा र होममाया बिक उपाध्यक्ष, रेशम पुन सचिव, चक्र पुन सहसचिव र रामबहादुर खत्री कोषाध्यक्षमा चयन भए ।

Related News

सम्बन्धित समाचार

hero news full width