पोखरा । पोखरा थिएटरले आगामी माघमा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव तयारी गरेको छ ।
‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मूलमन्त्रका साथ आगामी माघ ११ देखि १५ सम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा महोत्सव गरिने शुक्रबार पत्रकार सम्मेलनमा महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा गण्डकीका ११ वटै जिल्लाका विद्यालयले भाग लिने छन् । ‘महोत्सवमा भाग लिन विभिन्न छनोट चरण पारगर्नुपर्नेछ । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ । त्यसको लागि पुस ३ भित्र नाटकको कथावस्तु पठाइसक्नुपर्नेछ,’ पोखरा थिएटर अध्यक्षसमेत रहेका महोत्सव संयोजक परिवर्तनले भने ।
गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी विद्यालयस्तरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सवसमेत आयोजना गरिएको थियो ।
महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ ।
कथावस्तुको अध्ययन पश्चात केही सीमित नाटक दोस्रो चरणको लागि छनोट गरिने आयोजकको भनाइ छ । दोस्रो चरणमा छनोट भएका नाटकको रिहर्सल हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ । यसरी अन्तिम चरणमा छनोट भएका नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।
उत्कृष्ट नाटक छनोटका लागि कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समिति गठन गरिएको छ । सदस्यमा कलाकार माओत्से गुरुङ र प्रमिला तुलाचन छन् । महोत्सवमा गण्डकीभित्र मावि तहसम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । निर्णायक संयोजक कलाकार प्रकाश घिमिरेले पछिल्लोक्रममा रंगमञ्चतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेकोमा खुशी व्यक्त गरे । महोत्सवमा प्राप्त नाटकलाई गहन तरिकाले अध्ययन गरेर अन्तिम चरणको लागि छानिने उनले बताए । रेनेसाः थिएटरको प्रस्तुतिमा पोखरामा मञ्चन भइरहको नाटकले दर्शकको माया बटुल्न सफल भएकोमा समेत उनले खुसी व्यक्त गरे ।
युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माले यो विषम परिस्थितिमा महोत्सवको आयोजना गर्नु महत्वपूर्ण कुरा भएको बताए । उनले गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको सफलताको शुभकामना दिंदै अहिले गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘चरणदास चोर’ टिमको प्रयासको समेत प्रशंसा गरे । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन पत्रकार राजाराम पौडेलले गरेका थिए । गत मंसिर १ देखि गन्धर्व नाटकघरमा नाटक ‘चरणदास चोर’ मञ्चन भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१