पोखरा । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै पोखरामा कानुन व्यवसायीले बुधबार पनि धर्ना दिएका छन् ।
उच्च अदालत बार एसोसिएसन र कास्की जिल्ला बार एसोसिएसनको संयुक्त आयोजनामा उनीहरुले बिहान ११ देखि १२ बजेसम्म उच्च अदालत अगाडि कालोपट्टिसहित धर्ना दिएका हुन् । ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ नाराअंकित कालो ब्यानर बोकेका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा पहिलो शर्त भएको बताए ।
धर्नामा सहभागी भएका नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले न्यायापालिकामा व्याप्त विकृति विसंगतिकै विरुद्ध आन्दोलन हो भने । उनले न्यायपालिकाको स्वतन्त्रता र विकृति विसंगतिविरुद्ध यो आन्दोलन सफल पार्न सबैजना निरन्तर लाग्नुपर्नेमा जोड दिए ।
विरोधसभामा मानवअधिकार आयोगका पूर्व सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, बारका केन्द्रीय सदस्य कल्पना भण्डारी, केन्द्रीय बारका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता तुलसी भट्ट, उच्च अदालत बार एसोसिएएन पोखराका अध्यक्ष नारायणप्रसाद पौडेल, कास्की जिल्ला बार एसोसिएसन अधयक्ष नारायणप्रसाद शर्मा, तनहुँ जिल्ला बारका अध्यक्ष भानु शर्मा, वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा लगायतले अहिलेको विवाद हल गर्न प्रधानन्यायाधीश राणाले तत्कालै राजीनामा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको सञ्चालन उच्च अदालत बार एसोसिएसन, पोखराका सचिव सन्तोष अधिकारीले गरेका थिए । यसअघि पनि कानुन व्यवसायीले उच्च अदालत बार एसोसिएसन पोखरा र कास्की जिल्ला बार एसोसिएसनको गेट अघि गत कात्तिक २८ देखि लगातार ३ दिनसम्म धर्ना दिएका थिए । यसैबीच, बुधबार अदालतको पेसी स्थगित भएको छ ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१