३० युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
blood donetion

लेखनाथ । पोखरा ३२ राजाको चौतारामा लायन्स क्लब अफ लेखनाथ सुनगाभाको आयोजना राजाका चौतारा आदर्श आमा समूह, चौतारी युवा क्लब, बजार व्यवस्थापन र मालमुल खानेपानी उपभोक्ता समितिकोे सहयोगमा भएको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ ।
पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले रक्तदान शुभारम्भ गरे । उनले मानवीय सेवामा समर्पित भएर सामाजिक दायित्वसमेत निर्बाहमा पवित्र कार्य रक्तदानमा समाजका क्लब, आमा समूह र विभिन्न समिति अग्रणी रहेको भन्दै प्रशंसा गरे ।
राजाको चौतारा आदर्श आमा समूहकी अध्यक्ष पद्मा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब सेभेन लेक सिटीका डिस्ट्रिक चेयरपर्सन बद्रीनाथ भण्डारी, चिफ विनोद ढुंगाना, रिजन चेयरपर्सन सागर लामिछाने, वडा सदस्य विष्णु तिवारी, चौतारी क्लबका अध्यक्ष इन्द्रविलास पौडेल र लायन्स क्लव लेखनाथ सुनगाभाकी सचिव रेखा थापा लगायतले बोलेका थिए ।
क्षेत्रीय रक्त सञ्चार केन्द्र प्रमुख अर्जुन ज्ञवालीको प्राविधिक सहयोग रहेको थियो भने संकलित रगत क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखरा लगिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width