मानव सेवा आश्रमको देउसीभैलो तयारी

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
manav sewa

पोखरा । संस्कृतिको संरक्षणसँगै मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमले पोखरामा बृहत् सांस्कृतिक देउसीभैलो कार्यक्रम गर्ने भएको छ ।
पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार तिहारको पूर्व सन्ध्यामा कात्तिक १६ गते पोखरा सभागृहमा सो कार्यक्रम हुन लागेको हो ।
आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमल्सिनाले कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, लोकगायक पशुपति शर्मा, भजनगायक चिरन बराल, आश्रमको संरक्षणमा रहेका आशाका दीपक बालगोपाल सानासाना बाबुनानीहरुसहित आश्रमका अभियन्ताहरु र बालगोपालको बेजोड प्रस्तुति रहने जानकारी दिए ।
कास्कीमा मानव सेवा आश्रम हाल पोखरा महानगरपालिका वडा १७, छोरेपाटन र पोखरा २५, हेमजामा सञ्चालित छ । आश्रमले पोखरा–२५, बाबियातारामा अपांगतामैत्री, बालमैत्री भवन निर्माण गर्दैछ । भवनलाई पूर्णतातर्फ लैजान आर्थिक सहयोगार्थ सो कार्यक्रम गरिन लागिएको जनाइएको छ ।
मकवानपुरको हेटौडाबाट २०६९ सालमा सुरुवात भएको आश्रमले हालसम्म १७ जिल्लामा शाखा बिस्तार गरेको छ । हालसम्म आश्रमले ६ हजार १ सय ३५ जना मानिसको उद्धार गरिसकेको दाबी गरेको छ । जसमध्ये हाल आश्रममा १ हजार ६ सय बढी व्यक्तिहरु आश्रित छन् भने २ हजार २ सय बढीको पारिवारिक मिलन समेत गराएको छ ।
यस्तै, पोखरमा रहेका २ वटा सेवा केन्द्रमा गरी ६ सय ८७ जना विभिन्न उमेर समूहका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको सेवा गरेको जनाइएको छ । ४ सय ६७ जनाको पारिवारिक मिलन भएको छ भने ५२ जनाको आश्रममा सेवाको क्रममा शरीर शान्त भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width