पाटनबेँसी टोल विकास अध्यक्षमा रवि बराल

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७८
patanbesi tole

पोखरा, १३ कात्तिक । पाटनबेँसी टोेल विकास संस्थाको अध्यक्षमा रवि बराल चयन भएका छन् । संस्थाको शनिबार भएको चौधाैं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले बरालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समिति वरिष्ठ उपाध्यक्षमा भीम केसी, द्वितीय उपाध्यक्षमा रामचन्द्र बराल, तृतीय उपाध्यक्षमा शिवप्रसाद बराल, सचिव टीकाकुमारी भण्डारी, सहसचिव प्रकाश ढकाल, कोषाध्यक्ष दुर्गा परियार र सहकोषाध्यक्ष भीमबहादुर थापामगर चयन भए । सदस्यमा लक्ष्मी बराल, सूर्यनाथ बराल, केशवराज गौतम, सोमनाथ दाहाल, श्याम गुरुङ, दीपेन्द्र श्रेष्ठ, मनोजकृष्ण बराल, चन्द्रा बराल, विना गुरुङ, शारदा देवकोटा, होमनाथ सापकोटा, रीता सुवेदी र अमृत भट्टराई चयन भए।

सल्लाहकारमा शिरोमणि बराल, नरेन्द्रप्रसाद अधिकारी, दामोदर बराल, शिवकुमार भट्टराई, टीकादेवी पराजुली बराल, क्या. मनबहादुर गुरुङ र चन्द्रबहादुर गुरुङ छन्।

यसअघि कार्यक्रमको उद्घाटन वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले गरेका थिए । उनले विकासका कार्यक्रममा पाटनबेँसी टोल विकास संस्थाले धेरै काम गरेको भन्दै प्रशंसा गरे । उनले संस्थाको बहुउद्देश्यीय भवन निर्माणका लागि डिपिआर तयार गर्न सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे।

यस्तै, अग्रज पत्रकार एवं संस्थाका सल्लाहकार शिरोमणि बरालले ज्येष्ठ नागरिकको लागि दिवा आवास भवन तथा टोल विकासको भवन निर्माण गर्न वडा कार्यालयले जोड दिनुपर्ने बताए।

टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दामोदर बराल, सु.चन्द्रबहादुर गुरुङ, क्या. मनबहादुर गुरुङ, ताराकुञ्ज बोर्डिङका प्रिन्सिपल गोविन्द गौतम, छिमेकी टोल विकास संस्थाका अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा ८० वर्ष नाघेका ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width