पोखरा । पोखरा उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष फणीन्द्रमान श्रेष्ठको १३ औं दिनको पुण्यस्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ ।
संघका पूर्व अध्यक्ष तथा पोखराको औद्योगिकीकरणका पर्याय फणिन्द्रमान श्रेष्ठको गएको असोज २७ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।
२०४७ सालदेखि २०४९ सालसम्म संघको अध्यक्ष रहेका फणीन्द्रमानले नेपालमै पहिलो पटक रारा चाउचाउको उत्पादन थालेका थिए । पूर्व बेलायती सेनासमेत रहेका फणीन्द्रले पोखरामै विदेशीको रोजाइमा रहेको म्याक्रोनी, बेफर बिस्कुटजस्ता नवीनतम् उत्पादनमात्रै थालेनन्, छरिएको पुँजीलाई एकीकृत गर्दै सामूहिक रुपले उद्योगमा लगानी गर्ने परम्परा पनि बसाए । रारा चाउचाउ उत्पादन गर्ने गण्डकी नुडल्समा तत्कालीन अवस्थामा करिब ४९ जना सेयर सदस्य जम्मा पारेर उनले सामूहिक लगानीमा जोड दिएका हुन् ।
संघका पूर्व अध्यक्ष वसन्त उदासले फणीन्द्रमानलाई पोखरामा कर्पोरेट कल्चरको सुरुवात गर्ने व्यक्तिको रुपमा स्मरण गरे । उनको जीवनीबारे प्रकाश पार्दै संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले फणिन्द्रमान उद्योगको पर्यायवाची नाम भएको बताए । उनले कुनै बेला गण्डकी नुडल्स कम्पनी खरिद तथा कम्पनीबाट म्यागी चाउचाउ उत्पादन गर्ने आकर्षक प्रस्तावलाई अस्वीकार गरेर फणीन्द्रमानले ‘रारा’ ब्राण्ड मर्न नदिएको स्मरण गर्दै भने, ‘यस मानेमा उहाँ राष्ट्रवादी पनि हुनुहुन्थ्यो ।’
पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले संघका पूर्व अध्यक्षले पोखराको औद्योगीकीकरण एवं निजी क्षेत्रको हितका लागि गरेको योगदान अविस्मरणीय हुने बताए । संघका उपमहासचिव केशवबहादुर खत्रीको सञ्चालन रहेको कार्यक्रममा फणीन्द्रमानको सम्झनामा मौन धारणसहित उनका जीवनको विभिन्न आयामबारे चर्चा गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१