महिला फुटबल टिमको बिदाइ

आदर्श समाज सम्वाददाता
कार्तिक ९, २०७८
sports football~

पोखरा । पोखरा महानगरपालिकाको महिला फुटबल टिमको बिदाइ गरिएको छ । काठमाडौंमा आयोजना भइरहेको उपमेयर कप राष्ट्रिय फुटबल लिग प्रतियोगितामा भाग लिन जान लागेको टोलीलाई पोखरा महानगर कावा प्रमुख मञ्जुदेवी गुरुङले सोमबार शुभकामनासहित बिदाइ गरिन् । उनले खेलाडीलाई ट्रयाक सुट र नगद हस्तान्तरणसमेत गरेकी छन् ।
पोखरालाई पर्यटनसँगै खेलकुद सहरका रुपमा विकास गर्ने योजनासहित खेलकुद विकास समिति गठन गरिएको जनाउँदै कावा प्रमुख गुरुङले खेलाडीहरुलाई राम्रो खेल प्रदर्शन गर्न शुभकामना दिइन् ।
पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले अनुशासित रुपमा खेल प्रदर्शन गरेर पोखराको इज्जत प्रतिष्ठा कायम राख्न सुझाव दिए । उनले महानगरले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
टिम प्रशिक्षक शम्भु केसीले टिम राम्रो रहेको बताउँदै उपाधि जित्ने विश्वास ब्यक्त गरे । उनका अनुसार खेलाडीहरुले २ महिनादेखि प्रशिक्षण गरेका हुन् । टिम क्याप्टेन पार्वती रानामगरले टिमले धेरै मेहनत गरेका कारण उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास ब्यक्त गरिन् ।
कात्तिक २८ समम चल्ने प्रतियोगितामा देशभरका ३१ टिमको सहभागी रहेको एन्फाले जनाएको छ । विजेताले ५ लाख, उपविजेताले ३ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width