न्यु मिलेनियममा निबन्ध प्रतियोगिता

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
new milinium

पोखरा । पोखरा पार्दी बिरौटास्थित न्यु मिलेनियम एकेडेमीले आयोजना गरेको माध्यमिक तहस्तरीय निबन्ध लेखन प्रतियोगितामा कक्षा १० की छात्रा कृति शर्मा प्रथम भएकी छन् । लोकतन्त्र शीर्षकमा भएको प्रतियोगितामा आकृति कुँवर द्वितीय,अंकिता अधिकारी तृतीय र प्रशंसा गिरीले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका २० जना सहभागी थिए ।
प्रतियोगिताका निर्णायक संस्कृत क्याम्पसका क्याम्पस प्रमुख डा. जगन्नाथ रेग्मी र पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक सुरज पौडेल रहेका थिए ।
इ. कीर्ति सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कृष्णप्रसाद जमरकट्टेल, विद्यालय संस्थापक कृष्ण पहारी लगायतले बोलेका थिए । कार्यक्रममा पुरस्कृत विद्यार्थीले आफूले लेखेका निबन्धवाचन गरी सुनाएका थिए । पुरस्कार वितरण कार्यक्रम सञ्चालन शिक्षक धनप्रसाद रेग्मीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width