हेमजा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेस जनमतको सम्मान गर्ने एकमात्र पार्टी भएको दाबी गरेका छन् । दसैंतिहार लगायतका चाडपर्वको अवसरमा कांग्रेस अन्नपूर्ण गाउँपालिका कमिटीले शनिबार नागडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
‘नेपाली जनताले कम्युनिष्ट पार्टीलाई ५ वर्षका लागि सरकारको नेतृत्व गर्ने अवसर दिएका हुन् तर उनीहरुले सहअस्तित्व स्वीकार नगर्दा समयले नेतृत्व गर्ने दायित्व कांग्रेसको काँधमा पु¥यायो । उनीहरुले जनमतको उपेक्षा गरे,’ मुख्यमन्त्री पोखरेलले भने । उनले एमालेको ललिपपमा नफस्न पनि जनतासमक्ष आग्रह गरे ।
‘गठबन्धन सरकारले नै यो देशलाई निकास दिन्छ, ओलीको उखान तुुक्कामा अड्किएर बस्न आवश्यक नै छैन,’ उनले भने, ‘प्रतिगमनलाई अदालतले पनि बुझ्यो । फलस्वरुप कांग्रेसले संघ तथा प्रदेश सरकारमा नेतृत्व गर्ने भयो ।’
उनले क्यान्सरपीडित महिलाको उपचार, द्वन्द्वपीडित बालबालिकालाई सहयोग, सडकमानव मुक्ति पार्न मानव सेवा आश्रमसँगको सहकार्य, जीवनरक्षा कोष, कोरोना खोपका लागि बजेट छुट्टाइनु जस्ता कार्य आफ्नो नेतृत्वको ४ महिने उपलव्धि भएको दाबी गरे ।
कांग्रेस महासमिति सदस्य खेमराज पौडेलले कांग्रेस जनताको भावना बुझ्ने एकमात्र सच्चा पार्टी भएको जनाउँदै नवप्रवेशीलाई पार्टीमा उचित भूमिका दिनुपर्ने बताए । जिल्ला उपसभापति आइबहादुर गुरुङले कांग्रेसलाई एकतावद्घ बनाएर अगाडि बढाएमात्रै आगामी तिनै तहको निर्वाचनमा कांग्रेसले जित्ने विश्वास व्यक्त गरे। क्षेत्रीय सभापति पोषनाथ शर्माले आगामी चुनाव जित्ने गरी तयारी गर्नुपर्ने बताए । कांग्रेस पुरानो र जनतालाई दुखसुखमा साथ दिने पार्टी भएकाले पनि बहुमत प्राप्त हुने उनको विश्वास छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले कांग्रेसले जितेको गाउँपालिका भनेर विगतमा कम्युनिष्ट नेतृत्वको संघ तथा प्रदेश सरकारले दुख दिने गरेको स्मरण गरे ।
कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र त्रिपाठी, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, नेकपा (एकीकृत समाजवादी) अन्नपूर्ण अध्यक्ष भरत देवकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमबीच १ सय ५३ जना कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई पालिका सभापति मनपति भण्डारीले अबिर, क्षेत्रीय सभापति पोषनाथ शर्माले माला तथा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदस्यता वितरण गरे ।
पालिका सभापति भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपसभापति सुशील भट्टचनले स्वागत, अन्नपूर्ण १ सभापति बलबहादुर कुँवरले धन्यवाद ज्ञापन तथा सचिव विजय गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१