डोबाटे मन्त्रीमा नियुक्त, लिए सपथ

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७८
IMG_1421

पोखरा ।
गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको सपथ लिएका छन् । उनलाई प्रदेशप्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि नै मन्त्री बन्ने चर्चाका बीच डोबाटेको नाम अन्तिम समयमा काटिएको थियो । नबनियुक्त मन्त्री विश्वकर्माले संवैधानिक अधिकार अनुसार तोकिएको काम गर्ने बताए । उनको नियुक्तीमा गठबन्धनले भने विरोध जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width