कास्कीमा जीप दुर्घटना, ८ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७८
noida_road_accident

पोखरा ।
कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दशैं बिदामा पदयात्राका लागि आएको टोली चढेको ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । जीप सडकबाट १ सय मिटर तल मोदी खोलामा खसेको थियो ।
सबै शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाईसकेको घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिए । मृत्यु हुनेमा एकजना जीप चालक खुशीमान क्षेत्रीको पहिचान भएको छ । अरुको सनाखत हुन बाँकी रहेको र सबैको शव पश्चिमान्चल क्षेत्रीय अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width