विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७८
mahayagya~by bijay nepal

पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट ज्ञानमहायज्ञ हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी आगामी कात्तिक ८ देखि १४ सम्म पोखरा नयाँबजारमा सो महायज्ञ गर्न लागेको जानकारी दिएको हो ।

समिति अध्यक्ष डम्बर बाबाले ॐकार सनातन वैदिक धर्मका सैद्धान्तिक मूल्यमान्यतामा आधारित वैज्ञानिक, जनहितकारी एवं व्यवहारिक शासन पद्दतिसहितको धर्मसापेक्ष हिन्दू अधिराज्य स्थापनार्थ सहकार्यका लागि महायज्ञ आयोजना गरिएको जनाए । पहिलो दिन तुल्सीघाटबाट कशसयात्रा हुनेछ । समापनमा प्रदर्शन केन्द्र नयाँबजारदेखि पृथ्वीचोक हुँदै महेन्द्रपुल, नयाँबजार हुँदै पुनः प्रदर्शनी केन्द्रसम्म शान्तिपूर्ण धार्मिक र्‍याली हुने समिति महासचिव यवराज आचार्यले जानकारी दिए । कार्यक्रमको आवश्यक तयारी तीव्र पारिएको महासंघका केन्द्रीय सदस्य ठाकुर बरालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width