Worldlink ads

लालप्रसाद शर्मालाई आर्थिक पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७८
pcci lal prasad sharma

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो ।

संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । पुरस्कारमा नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला रहेको छ । शर्मा कान्तिपुर राष्ट्रिय दैनिकका गण्डकी ब्युरो प्रमुख हुन् ।

पोखरा उद्योग वाणिज्य संघले पत्रकारिताका माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धिमा सघाउने पत्रकारलाई हरेक २ वर्षमा सो पुरस्कारबाट सम्मानित गर्दै आएको छ । संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित योग्य पत्रकार छनौट समितिको सिफारिसको आधारमा शर्मा पुरस्कृत भएका हुन् । समितिमा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी तथा निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ सदस्य रहेका थिए । यसअघि उक्त पुरस्कारबाट पत्रकारहरु सन्तोष पाेखरेल, रुपनारायण ढकाल र भरत कोइराला सम्मानित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads