१०६६ जना सङ्क्रमित थपिए

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७८
Corona Banner

काठमाडौं, १५ असोज ।  पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ३ सय ६८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर सक्रिय सङ्क्रमित १८ हजार १ सय १५ जना पुगेको छ । नेपालमा सङ्क्रमण दर १८.९ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । सो अवधिमा ९३८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ६६ हजार ६ सय ९६ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३ सय ५४ सघन उपचार कक्ष (आइसीयू), १ सय १६ भेन्टिलेटर, १६ हजार ८ सय ८१ होम आइसोलेशन, १ हजार २ सय ३४ संस्थागत आइसोलेशन र २ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । २ लाख १७ हजार ३ सय ९१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७६ लाख ३१ हजार १ सय ८८ जनाले पहिलो मात्रा र ६३ लाख २८ हजार ३ सय २७ पूर्णमात्राको खोप लगाएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width