चुनाव हारेपछि रामराजको राजीनामा

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७८
Ramraj Lamichhane Photo

पोखरा, ११ असोज । नेपाली कांग्रेस पोखरा महानगरका तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले सो पदबाट राजीनामा दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महानगर समिति सभापतिमा पराजित भएका लामिछानेले सोमबार राजीनामा दिएका हुन् ।

‘आजका दिनसम्म मेरो यस भूमिकामा सहयोग गर्नुहुने सम्पूर्णप्रति धन्यवाद दिन चाहन्छु । साथै यसप्रकारको भूमिका निर्वाह गर्नअवसर प्रदान गर्न सहयोग गगर्ने कांग्रेस कास्की र पोखरा महानगर समिति, पोखरा महानगरमा कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्य लगायत सम्पूर्ण महानगरवासीप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ पार्टीका जिल्ला सभापतिसमक्ष बुझाएको राजीनामा भनिएको छ, ‘आजका दिनसम्म दलको नेता तथा सचेतकको हैशियतबाट गरिएको कामकारबाही पार्टीको नीति निर्देशन अनुरुप भएको अवगत गराउँदै अब उप्रान्त दलको नेता तथा सचेतकको हैशियतबाट आफ्नो भूमिका यही नै अन्त्य गर्दै दलको नेता तथा सचेतकको रुपमा आजकै मितिदेखि राजीनामा दिएको छु ।’

पोखरा वडा ९ का वडाध्यक्ष लामिछानेले महानगर सभापतिमा चुनाव लडेको ६ उम्मेदवारमध्ये तेस्रो तेस्रो स्थानको मत पाएका छन् । चुनावमा सभापति सुरेन्द्रमान बिजुक्छे निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धीमा गंगाधर पराजुली थिए।
राजीनामाको खास कारण नखुलाइएको भए पनि चुनावमा पराजित भएको कारण राजीनामा दिएको हुन सक्ने अनुमान छ । राजीनामा पोखरा महानगर पालिकालाई बोधार्थ पठाइएको छ।

रामराजले बुझाएको राजीनामाको व्यहोराः

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै