पर्यटन मजदुरलाई रोजगार

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७८
taan 2

पोखरा । टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वयमा मजदुरलाई रोजगार कार्यक्रम सुरु गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम अनुसार २ सय जना पदयात्रा मजदुरलाई १० दिनका लागि रोजगार कार्यक्रम अनुरुप पहिलो चरणमा शुक्रबार नौडाँडा कास्कीकोट सराङकोट मेथलाङ जरेवर पदमार्ग मर्मतसम्भार तथा सरसफाइ कार्यक्रम ३० जना पदयात्रा मजदुरलाई संलग्न गराई शुभारम्भ गरियो ।
टान र नेपाल पर्यटन बोर्डको संयुक्त कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको जीविकोपार्जन पुनरुत्थानका लागि पर्यटन परियोजनाअन्तर्गत कोभिड १९ असरका कारण रोजागारी गुमाउन भएका पदयात्रा श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने र पदयात्रा पदमार्गको मर्मत सम्भार गरी पदयात्रा व्यवसाय चलायामान गराउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको टान अध्यक्ष सुशीलराज पौडेलले जनाए ।
पर्यटन विकासको लागि पदयात्रा पदमार्गको महत्व उच्च रहेको हँुदा यस परियोजनाअन्तर्गत पदमार्ग मर्मतसम्भार तथा सरसफाइ गर्न लागिएको र विश्व पर्यटन दिवस कास्कीकोट पदमार्गमा विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधि ल्याएर पदयात्रा गराई मनाउने जानकारी पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले दिए । कार्यक्रममा पोखरा २४ का वडाध्यक्ष ओम सुवेदी, संस्थाका सचिव मिलन तिवारी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width