त्रिशूलीमा कार खस्दा पोखराका ३ जना बेपत्ता

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७८
accident

पोखरा, ८ असोज । त्रिशूली नदीमा कार खस्दा पोखराका ३ जना बेपत्ता भएका छन् ।

काठमाडौंबाट पोखरा आउँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका वडा ५ स्थित नाग्दी खोलाबाट गएराति १२ बजे त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कार चालक पोखरा १७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।
ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । बेपत्ताको खोजी जारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width