कांग्रेस जिल्ला उपसभापतिमा ढुंगानाकाे उम्मेदवारी

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७८
KP Dhungana News 2

लेखनाथ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की जिल्लाको उपसभापतिमा पोखरा–३१ का कृष्णप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । वेगनासतालमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले सामाजिक सेवा र निष्ठाको राजनिति आवश्यक रहेको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
२०४६ सालको जनआन्दोलन हुँदै विद्यार्थी राजनीति र नेविसंघको जिल्ला सदस्य र संसदिय निर्वाचनमा एकपटक उम्मेदवार समेत भइसकेका ढुंगाना विभिन्न सामाजिक संघसंस्था समेत आवद्ध छन् । पार्टीलाई १२ महिना २४ सैं घण्टा चलायमान बनाउन पनि आफूले उम्मेदवारी दिएको उनको भनाइ थियो । अग्रजहरुको सम्मान गर्दै युवालाई नेतृत्वदायी भूमिकामा ल्याउनुपर्ने बताउँदै आफूले सामाजिक क्षेत्रमा खेलेको भूमिकाका कारण पनि सबैले मत दिनेमा विश्वस्त रहेको उनले बताए ।
कार्यक्रममा प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएका तारामणि घिमिरे, प्रदेश जनजातितर्फका उम्मेदवार विक्रम गुरुङ, जिल्ला सचिवका उम्मेदवार भरतराज तिवारी र नेपाली कांग्रेस वडा ३१ का पूर्व सचिव नवराज ओझा लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै