पोखरा । एजेन्सीले एयरलाइन्ससँग टिकट किनेर महँगोमा बिक्री गरिदिंदा पर्यटकलाई टिकट खरिदमा समस्या छ । नेपाल आएपछि पनि उनीहरुले धेरै झन्झट व्यहोर्नुपरेको गुनासो गर्छन् । ‘एकातिर इन्स्योरेन्स समस्या छ । दुई देशको नीति फरक भएर त्यसको मार पर्यटकले खेप्नु परेको छ,’ आजभोलि नेपालको पर्यटन व्यवसायमा लागेकी विदेशी नागरिक भिक्टोरियाले भनिन्, ‘हरेक बजारमा नेपाली र विदेशीको उपभोग्य मूल्य फरक छ । यसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको बुझाइ नराम्रो पर्छ । व्यवस्थापनका लागि थप पैसा लाग्दैन, विचार नयाँ हुनुपर्छ ।’ उनका अनुसार नेपाल आउने पर्यटकले आफूलाई विभेदको महसुस गर्ने गरेका छन् ।
डेढ वर्षदेखि विश्वको पर्यटन डामाडोल छ । पर्यटक घुम्न निस्किएका छैनन् । नेपालमा अड्किएका केही पर्यटक लकडाउन खुलेपछि बिस्तारै गन्तव्यतिर लागे । शरदयाम पर्यटनको प्रमुख सिजन हो । अहिले शरद सुरु भएको छ । केही पर्यटक आफ्नो देश फर्किएका छन् । अध्यागमन कार्यालयले अप्रिल २९ देखि सेप्टेम्बर १७ सम्म १ हजार ५ सय ११ जनाको भिसा दिएको छ । तीमध्ये १ हजार १ सय ४ जना पर्यटकको भिसा थप भएको हो । भिसा थपेर कार्यालयले १ करोड ७८ लाख ८६ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।
‘कोरोनाको पहिलो लहर सकिँदा पर्यटन चलायमान हुने आश थियो । दुर्भाग्यवश दोस्रो लहर आयो । हाम्रा आशा सबै अन्त्य भयो,’ नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख काशी भण्डारी भन्छन्, ‘पोहोर आशामात्रै थियो, सकियो । अहिले भ्याक्सिनको भरोसा पनि छ । छिट्टै देशभरि भ्याक्सिन वितरण हुन्छ र कोभिड नियन्त्रणमा आउने छ ।’ पर्यटकलाई सरकारले ३० सेप्टेम्बरसम्म बिनाजरिवाना भिसा थपिदिने निर्णय गरेको छ । यसले उनीहरुलाई सहजता थपेको छ ।
पर्यटकलाई नेपालमा हुने व्यवहारबारे सुधार गर्न पटकपटक सरोकार पक्षसँग कुरा राखे पनि सम्बोधन नभएको उनले सुनाए । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रली फेर्न समेत सक्दैन नेपाल सरकारले । प्रक्रियागत झनझटका कारण धेरै सास्ती भोग्नुपरेको छ पर्यटकले,’ उनी भन्छन्, ‘यी कुराहरु बिस्तारै सम्बोधन हुने प्रक्रियामा छन् तर नेपालीहरुले पाहुनालाई गर्ने व्यवहार आज पनि राम्रो छ । आतिथ्यमा कुनै कमी आएको छैन ।’
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । धेरैको चासो यसपछि पोखरामा हवाई खेलकुदको भविष्य के हुन्छ ? पर्यटन व्यवसायीहरु सरकारले समयमा सूचना जारी नगरेकोमा चिन्तित छन् ।
पोखरामा एयर स्पोर्टस् भित्राउने नतासा श्रेष्ठ हवाई खेलकुद पोखराबाट विस्थापित गर्न नहुने बताउँछिन् । उनले एभिया क्लबमार्फत पोखरामा अल्ट्रालाइट पाइलट उत्पादन गर्दै आएकी छिन् । त्यसबाहेक विभिन्न खेल गतिविधिमा उनको प्रत्यक्ष संलग्नता छ । ‘मैले व्यवसाय गर्दा वर्षमा ३० हजारमात्रै पर्यटक आउँथे । अहिले लाखौं आउन थालेका छन् । यसमा पर्यटकीय गतिविधिको योगदान ठूलो छ । अझ भनौं, स्पोर्टस् टुरिजमले धेरै सहयोग गरेको छ,’ उनले भनिन्, ‘तर अहिले विमानस्थल निर्माणपछि हवाई खेलकुदको अवस्था अज्ञात छ । कति फ्लाइट र कुन क्षमताको जहाज आउछन् ? नागरिक उड्डयन मन्त्रालयले कुनै जानकारी दिएको छैन ।’ पोखरा हवाई खेलकुदको राजधानी हो तर यही खेलकुद यहाँबाट हराउन सक्ने उनको चिन्ता छ ।
एशियाली खेलकुदमा नेपालले एउटामात्रै गोल्ड मेडल जितेको थियो । पोखराबाट गएको प्याराग्लाइडिङ टोलीमात्रै मेडलसहित नेपाल फर्किएको हो । यहाँ हवाई खेलकुदको सम्भावना उच्च छ । यद्यपि त्यसको उचित उपयोग हुन सकेको छैन । पोखरामा प्याराग्लाइडिङ, अल्ट्रालाइट, जाइरोकोप्टर जस्ता साहसिक खेल हुन्छन् । प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा वर्षेनी हुँदै आएको थियो । सरोकारवाला भने यो खेलकुदलाई नेपालका अन्य एयरपोर्टमा ‘सिफ्ट’ गर्नुपर्ने बताउँछन् । नेपालभरि ४८ एयरपोर्टमध्ये १८ वटामात्रै सञ्चालनमा छन् । ३० वटा अहिले पनि पूर्ण रुपमा बन्द छन् । त्यहाँ केही गतिविधि भएका छैनन् । अब हवाई खेलकुदहरु बन्द भएका एयरपोर्टबाट चलाउनुपर्ने सरोकारवाला बताउँछन् ।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१