फुटसल खेलाउँदै पोखरा

धनबहादुर गुरुङ
असाेज ३, २०७८

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा पोखरामा शनिबारदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । उद्घाटन खेलमा दि राइजिङ क्लब धरानले मच्छिन्द्र स्काइ गोल्स्, काठमाडौंलाई हराउँदै विजयी सुरुआत गरेको छ । अर्को खेलमा पोखराको स्पार्टस् क्यासलले काठमाडौंको प्रभातफेरी युवा क्लबलाई पराजित ग¥यो ।
राइजिङ क्लबले मच्छिन्द्रलाई ५–४ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै धरानले जित निकालेको हो । मच्छिन्द्रका श्रीकृष्णले श्रेष्ठले १२ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको पहिलो मिनेटमै राइजिङ क्लबका लागि दोर्जे तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए । लगत्तै मच्छिन्द्रका मिलन लिम्बु र सुदीप गुरुङले १-१ गोल गरेपछि खेल ३–१ को स्थितिमा पुग्यो । २५ औं मिनेटमा म्यान अफ दि म्याच रेवश मास्केले टिमलाई बलियो स्थितिमा पुर्‍याए । तर २६ औं मिनेटमा स्काईका आशीष सुनामले गोलअन्तर घटाए ।
३० औं मिनेटमा काठमाडौंका श्रीकृष्णले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै ३–४ को स्थितिमा ल्याए । धरानका लागि ३२ औं मिनेटमा रेवश मास्केले अर्को गोल थपे । काठमाडौंका लागि श्रीकृष्णले ३५ औं मिनेटमा ह्याट्रिक पूरा गरे पनि जीत सम्भव भएन ।
यस्तै, एकपक्षीय बनेको दोस्रो खेलमा स्पोर्टस् क्यासलले प्रभातफेरीलाई ७–० फराकिलो गोलअन्तरले पराजित गरेको हो । जितका लागि सुमित श्रेष्ठ र खिमराज गुरुङले २-२, विजय गुरुङ, दीपेश घले र किशोर गुरुङले १-१ गोल गरेका हुन् ।
क्यासलसामु सुरुआती समयमै दबाब खेपेको प्रभातफेरीले तेस्रो मिनेटमै गोल व्यहोरेको थियो । सुमित श्रेष्ठको गोलमा अग्रता बनाएको खेलमा खिमराज गुरुङले छैटौं र विजय गुरुङले सातौं मिनेटमा गोल गरेका थिए । पहिलो हाफ ३–० मा सकिएमो दोस्रो हाफमा ४ गोल निस्केको थियो ।

प्रतियोगिताको पहिलो दिन दि राइजिङ धरान र स्पार्टस् क्यासल, पोखराले विजयी सुरुआत गरेका छन्

२१ औं मिनेटमै खिमराज गुरुङले टिमलाई अग्रता दिलाए । त्यसको ३ मिनेटपछि सुमितले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरे । २६ औं मिनेटमा दीपेश र ३४ औं मिनेटमा किशोर गुरुङले गोल गर्दै टिमलाई ७–० को फराकिलो गोलअन्तले जीत दिलाए । म्यान अफ दी म्याच घोषित क्यासलका गोलरक्षक विश्व पौडेलले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे ।
आगामी असोज २२ सम्म चल्ने प्रतियोगितामा देशभरका १० टिमले प्रतिस्पर्धा गर्दै छन् । एन्फाले देशका ७ वटै प्रदेशमा छनोट चरणका खेलको आयोजनापछि टिम छनोट गरेको हो । आइतबार ३ खेल हुँदैछ । पहिलो खेलमा लुम्बिनी फुटसल प्रालि र झरना स्पोट्स् क्लब रुपन्देही, दोस्रो खेलमा फुटसल फाइभ धरान र शंखमुल फुटसल प्रालि तथा तेस्रो तथा अन्तिम खेलमा ढुकु फुटसल हब प्रालि र सविन मेमोरियल फुटसल क्लब, पोखराबीच प्रतिस्पर्धा हुने आयोजक जनाएको छ ।

राउन्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको लिग चरण असोज १९ गतेसम्म हुनेछ । प्रतियोगितामा कुल ४९ खेल हुनेछन् । असोज २० र २१ मा नकआउट चरण र २२ गते फाइनल हुनेछ । लिग विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोकृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका थिए । उद्घाटन समारोहमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, टर्न बाइका डाइरेक्टर निशान्त केडिया लगायतले नेपालमा फुटसलको विकासका लागि प्रतियोगिताले सघाउने भन्दै सफलताको शुभकामना दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width