लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले शुक्रबार भर्चुअल रुपमा साधारण सभा उद्घाटन गर्ने कार्यक्रम छ । पहिलो दिन उद्घाटन समारोह एवं बन्दसत्र हुने र भोलिपल्ट शनिबार निर्वाचन कार्यक्रम हुने निर्वाचन समितिले जनाएको छ । मतदान शनिबार लेखनाथ महोत्सवस्थल, डाँडाको नाकमा हुने महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।
अध्यक्ष यसअघि नै सर्वसम्मत भएकोमा बाँकी १६ पदका लागि ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् । कुल १ हजार ७ सय ३६ मतदाता छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना तथा सामाजिक दूरी कायम गर्दै हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयुक्त अधिवक्ता हेमराज बरालले जानकारी दिए ।
अध्यक्षमा छत्रधर आत्रेयको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भइसकेका हुन् । यस्तै, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल सर्वसम्मत भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा भरतकुमार अधिकारी र विनोद श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ र राजेन्द्र ओझा, द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई र गोपीचन्द्र बास्तोला, महासचिवमा उपेन्द्रराज सुवेदी (राजु) र मेनुका श्रेष्ठ प्रतिस्पर्धामा छन् । यस्तै, उपमहासचिव उम्मेदवारमा जानुका अधिकारी र धीरजकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा भरतराज ओझा, रामजी पौडेल र भीमबहादुर नेपाली (काँइला) छन् ।
खुला ८ सदस्यतर्फ टीकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी, माधव तिवारी, इन्दिरा रोक्का, प्रमोद भण्डारी, राजनकल्याण बडगामी, पुष्पमणि भण्डारी, ध्रुवबावु भट्टराई, खेमराज बराल, जीवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्णबहादुर अधिकारी, इन्द्रबहादुर थापा, वीरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धिप्रसाद बास्तोला र लक्ष्मीप्रसाद ढुंगाना छन् । महिला ३ सदस्यतर्फ गंगा मल्ल, तुलसी थापा क्षत्री, रञ्जना बराल, शान्तिकुमारी खनाल र बुद्धिकुमारी मगरको उम्मेदवारी छ ।
असघि गत भदौ १८ र १९ गतेका लागि तय भएको साधारण सभा तथा महाधिवेशन कोरोनाका कारण सरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै साधारणसभा एवं महाधिवेशनको कार्यक्रम रोक्न निर्देशन दिएएकोमा निषेधाज्ञा खुकुलोसँगै नयाँ मिति तय गरिएको थियो ।
भीमको समर्थन रामजीलाई
मतदान नजिकिंदै गर्दा कोषाध्यक्षका उम्मेदवार भीमबहादुर नेपाली (काँइला) ले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले अर्का प्रतिष्पर्धी रामजी पौडेललाई सघाउने बताउँदै फिर्ता लिएका हुन् ।
संघमा आफ्नो कार्यअनुभव राम्रो रहेको र सबै व्यवसायीहरुको मनमुटुमा बस्न सफल भएकोले अन्यखालका चलखेल नभए जीत सुनिश्चित रहेको बताउँदै आएका उनी अन्तिम समयमा आएर चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । २ कार्यकाल कार्यसमिति सदस्य तथा विभिन्न उपसमितिमा रहेर कार्यअनुभव सँगालेका उनले पुनः पदाधिकारी पदमा लड्ने वाचासहित निशर्त उम्मेद्वारी फिर्ता लिंदै पौडेललाई समर्थन गरेको बताए । कोषाध्यक्ष पदमै अर्का उम्मेदवार भरतराज ओझा प्रतिस्पर्धामा छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१