पोखरा । नेसनल फुटसल लिग खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले साथ दिने भएको छ । अटोमोबाइल, रियलस्टेट, हस्पिटालिटी, मोंक, तथा वित्तीय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै १ वर्षको लागि स्पोर्टस् क्यासलको फुटसल टोलीलाई आर्थिक तथा भौतिक (आपसी समझदारीमा) सहयोगसहित सम्झौता गरेको हो ।
पोखरामा आइतबार आयोजित कार्यक्रमबीच क्यासलका तर्फबाट सञ्चालक ईश्वर गुरुङले र अंशुभरा गु्रपको तर्फबाट प्रबन्धक निर्देशक सौगात थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा निर्देशक थापाले आफ्नो गु्रपको मान्यताअनुरुप सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोध गर्न खेलकुद संस्थालाई सहयोग गरेको बताए । उनले क्यासलसँग आन्तरिक रुपमा आपसी समझदारी गरेको बताउँदै १ वर्ष अफिसियल्ली साथ दिने बताए । थापाकाअनुसार गु्रपले क्यासललाई आगामी भदौको २६ गतेसम्म साथ दिनेछ ।
क्यासलका सञ्चालक गुरुङले हस्ताक्षरपश्चात् अंशुभराको साथप्रति आभार प्रकट गरे । उनले आफ्नो टोलीले विगत २ महिनादेखि प्रशिक्षण गर्दै आएको बताउँदै प्रतियोगितामा राम्रो रिजल्ट दिने विश्वास व्यक्त गरे ।
युवा समाजसेवी राजन गुरुङले स्पोर्टस् क्यासलले सिंगो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बताए । उनले खेलकुदको विकासमा राजनीतिक हस्तक्षेप हुन नहुनेसमेत धारणा राखेका थिए ।
खेलाडीको अन्तिम छनोट सोमबार
विगत २ महिनादेखि बन्द प्रशिक्षणमा २४ जना खेलाडी छन् । सोमबार कुल १७ जनाको अन्तिम नाम सार्वजनिक गर्ने टिम व्यवस्थापक ओम गुरुङले बताए । उनकाअनुसार क्षितिज गुरुङको कप्तानीमा राष्ट्रिय फुटसल टोलीका पूर्व कप्तान विजय गुरुङ, राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङ, सरोज गुरुङलगायतले प्रशिक्षण गरिरहेका छन् । उनीहरुलाई विष्णु गुरुङ र अर्बिन गुरुङले प्रशिक्षण दिइरहेको व्यवस्थापक गुरुङले बताए ।
आगामी २ देखि २२ असोजसम्म पोखरा रंगशालाको कभर्ड हलमा सञ्चालन हुने ए डिभिजन फुटसल लिगमा देशभरबाट कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रदेश १ बाट फुटसल फाइभ धरान, दी राइजिङ क्लब धरान, वागमती प्रदेशबाट ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरी युवा क्लब, र स्काई गोल्स फुटसल क्लबको सहभागिता रहनेछ । यसैगरी गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल र सबिन मेमोरियल, लुम्बिनी प्रदेश र सुदूरपश्चिमबाट २ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
स्पोर्टस् क्यासलले २ असोजमा साढे ४ बजे पहिलो खेल प्रभात फेरी युवा क्लबसँग खेल्नेछ ।
उक्त लिग विजेताले नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाखको हकदार बन्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार प्राप्त गर्ने एन्फाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
को होला उत्कृष्ट प्रशिक्षक ?
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१