लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै पहिलोपटक महिला पदाधिकारीको रुपमा निर्वाचित भएर नाम दर्ज गराउन सफल जानुका अधिकारीले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
वर्तमान कार्य समितिमा कोषाध्यक्ष पदमा रहेर ऐतिहासिक काम गर्न सफल भएकी अधिकारीले यसअघि कार्यसमिति सदस्य एवं तालिम संयोजक रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको बताउँछिन् ।
व्यावसायिक नेतृत्वमा लैंगिक समानता आजको आवश्यकता भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी अधिकारीले आर्थिक रुपमा पछि परेका र पारिएका वर्गलाई व्यवसायको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न आफूले उम्मेदवारी दिएको बताएकी छिन् ।
उनले भनिन्, ‘व्यावसायिक क्षेत्रमा भएका नीतिगत कठिनालाई सरकारसँग सहजताको लागि समन्वय गर्दै बजेटमा ल्याइएका व्यावसायिक सहुलियत प्याकेजलाई कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न मैले उम्मेदवारी दिएकी हुँ ।’
संघ स्थापनाको २३ वर्षको इतिहासमा पहिलो महिला पदाधिकारी बनेर संघमा इतिहास रच्न सफल भएकी अधिकारीले यही असोज १ र २ गते हुने महाधिवेशनका लागि उपमहासचिवमा प्रस्तुत गरेकी छन् । उक्त पदमा पनि अत्यधिक मतका साथ विजयी हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् । उद्योगी व्यवसायीहरुको चाहनाअनुसार नै आफूले उम्मेदवारी प्रस्तुत गरेको उनले बताइन् ।
हरेक सामाजिक क्षेत्रमा पनि सक्रिय अधिकारीले आफू उप–महासचिव पदमा विजयी भएमा महिला दिदिबहीनीलाई चुलो चौकोमा मात्रै सीमित नराखी सफल व्यवसायी एवं उद्यमी बनाउन सक्दो पहल गर्ने बताइन् ।
होराइजन कटेज एन्ड रेस्टुरेन्टका सञ्चालक अधिकारी रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाको उपाध्यक्ष, नौलो तारा युवा क्लबको सल्लाहकार छन् । नारी विकास आमा समूहको पूर्व अध्यक्ष तथा नागरिक परोपकार समन्वय संस्थाको आजीवन सदस्य छन् ।
पपुलेसन, जेन्डर एन्ड डेभलपमेन्ट स्टडिजमा मास्टर्स गरेकी उनले एलएलबि गरेकी छन् । उद्यमशीलता विकास सहजकर्ता, सहकारी प्रशिक्षक प्रशिक्षण सहजकर्ता, मेलमिलाप सहजकर्ता, सामाजिक परिचालक परिचालन सहजकर्ता लगायत तालिमसमेत उनले लिएकी छन् । संघको गरिमा उच्च बनाउँदै व्यावसायिक हकहितका क्षेत्रमा आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१