पोखरा । तमु धिं युके र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको मेला आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा भएको हो । मेलाको बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं युकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा रिबन काटेर मेला उद्घाटन गरेका हुन् । गत महिना गोरखा कप २०२१ भव्य सम्पन्न गरे लगत्तै छोटो समयको अवधिमै दुईवटा ठूला कार्यक्रम गरेर तमु धिं युकेले अर्काे इतिहास बनाउन सफल भएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवद्र्धनमा योगदान पुर्याइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे । कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं युके र अध्यक्ष हितकाजी गुरुङलगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए ।
औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हितकाजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको बताए ।
तमुधिं युकेका महासचिव परशु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले स्वागत गरे । औपचारिक कार्यक्रममा बेलायतवासी गीतकार एकेन्द्र गुरुङद्वारा संकलित, सम्पादित ‘बेलायतमा नेपाली गीत’ पुस्तक राजदूत लोकदर्शन रेग्मी, तमुधिंका अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष हरि गुरुङले पुस्तक लोकार्पण गरे । सम्पादक गुरुङलाई तमुधिंका अध्यक्ष गुरुङ र राजदूत रेग्मीले खादा लगाएर बधाई दिएका थिए ।
नेपाली मेलाको मुख्य आकर्षण झाँकी, नृत्य प्रस्तुति रहेको थियो । प्रतिस्पर्धी २२ समूहमध्ये सर्वाेत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी युकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, एम्बेसडर कप र एनआरएनए युके कप हात पार्यो । दोस्रो पुरस्कार चार भन्ज्याङ तमु समाज युकेले ७ सय पाउन्ड पायो । तेस्रो पुरस्कार किरात यायोक्खा युकेले ५ सय पाउन्ड पायो ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१