पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रअगाडि कार्यालय खोलेको छ ।
शनिबार युवा संघले पहिलोपल्ट प्रदेश स्तरको कार्यालय पोखरामा खोलेको हो । कार्यालयको नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । गुरुङले युवा परिचालन, संगठन निर्माण र व्यवस्थापन गरी मातृ पार्टीलाई स्थापित गर्न लाग्न निर्देशन दिए ।
हरेक राजनीतिक आन्दोलनमा युवा अग्रमोर्चामा खटिएको उल्लेख गर्दैे नेकपा (एमाले) गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका गुरुङले देशको युगान्तकारी परिवर्तनमा युवाको उल्लेखनीय योगदान रहेको चर्चा गरे । कार्यक्रममा गुरुङले गण्डकी प्रदेश सरकारले कांग्रेसका जिल्ला सभापतिलाई बोलाएर १६ करोड रुपैयाँ रकमान्तर गरेको दाबी गरे । सबै युवालाई संगठित गर्दै पार्टीको नीति तथा योजनालाई जनतासमक्ष पुर्याउन एमाले कास्की अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले निर्देशन दिए । संगठनलाई चुस्त, दुरुस्त र गतिशील बनाएर आम युवाको आसा र भरोसाको केन्द्र बनाउन राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सुझाव दिए ।
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङले गण्डकी प्रदेशमा १५ हजार युवालाई संगठित गरेर युवा संघलाई सशक्त बनाउने घोषणा गरे । कार्यक्रममा युवा संघ नेपालका स्थायी कमिटी सदस्यहरु हरि लम्साल र विकास अधिकारी, युवा संघ नेपाल कास्की अध्यक्ष पानबहादुर क्षेत्रीलगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१