पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले छिट्टै मन्त्रिमण्डल हेरहेरसहित पूर्णता पाउन बताएका छन् ।
कांग्रेस पोखरा–१६ ले सरकारका प्रवक्ता मन्त्री खड्काको सम्मान तथा वडा अधिवेशनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले अब गण्डकी सरकारले १/२ दिनमै पूर्णता पाउने दाबी गरे । उनले हाल आफूले सम्हालै आएको मन्त्रालय समेत परिवर्तन हुने संकेत समेत गरे । मन्त्री खड्काले गठबन्धनको सरकारमा थप बिस्तार तथा हेरफेर हुने हुँदा मन्त्रालय क–कसको भागमा पर्छ भन्ने खुलाएनन् । उनका अनुसार मन्त्रालय बाँडफाँडमा गठबन्धनका दलबीच सहमति भइसकेको खुलासा गरे ।
कांग्रेस इकाइ सभापति होमबहादुर बानियाँले मन्त्री खड्कालाई दोसल्ला ओढाइ सम्मान तथा बधाई ज्ञापन गरेका थिए । यस्तै, नेपाल तरुण दल पोखरा १६ का सभापति विक्रम बस्नेतले तरुणहरुको तर्फबाट मन्त्री खड्कालाई सम्मान गरे ।
कार्यक्रममा कांग्रेस पोखरा–१६ का पूर्व इकाइ सभापति शिवराज देवकोटा, नेवि संघनेतृ सुदीक्षा बानियाँ लगायतले मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१