हेमजा । गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा करिब ७४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । प्रदेशमा गत आवमा ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट विनियोजन गरिएकोमा ७३.८८ प्रतिशत अर्थात् २५ अर्ब ७४ करोड १३ लाख ९१ हजार खर्च भएको हो । यो अघिल्लो आवको तुलनामा १० प्रतिशतले बढी हो ।
प्रदेश लेखा नियन्त्रक इन्द्रप्रसाद पौडेलका अनुसार आव २०७५/०७६ मा ५७, आव २०७६/७७ मा ६३ प्रतिशत बजेट प्रदेश सरकारले कार्यान्वयन भएकोमा गत आवमा ७४ प्रतिशत कार्यान्वयन भएको हो ।
उनका अनुसार गत वर्ष पँुजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन भएकोमा ८८ प्रतिशत र चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार विनियोजन भएकोमा ५६.७ प्रतिशत खर्च भएको छ ।
प्रदेश सरकारले ९० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो । कोरोना महामारी, निषेधाज्ञा लगायत विविध कारण गोष्ठी, तालिमजस्ता कार्यक्रम सञ्चालन हुन नसक्दा चालु खर्च कम भए पनि पँुजीगततर्फको बजेट (विकास बजेट) कार्यान्वयन अवस्था सन्तोषजनक पाइएको छ ।
सरकारका संरचना लगभग सबै तयार भएको, काम लयमा गएको र कार्यान्वयन गर्न सक्ने क्षमता विकास भएका कारण पँुजीगत बजेट कार्यान्वयन सन्तोषजनक देखिएको प्रदेश लेखा नियन्त्रक कार्यालयको ठहर छ ।
प्रदेश सरकारअन्तर्गत सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले ८३ प्रतिशत र सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ४८ प्रतिशत रकम खर्च भएको छ । अन्य मन्त्रालयले भने सरदरमा ६० प्रतिशत मात्रै बजेट कार्यान्वयन गरेका छन् ।
लेखाले कार्य प्रकृति आधारमा योजना कार्यान्वयनको पक्ष फरक पर्ने पनि भनेको छ । कार्यान्वयन योग्य कार्यक्रमलाई प्राथमिकता दिँदा बजेट खर्च बढ्ने उसले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१