पोखरा । पोखरा २५, हेमजाका चिरञ्जीवी अधिकारी बिहानैदेखि खोप केन्द्रको व्यवस्थापनमा तल्लिन थिए । पोखरा महानगरले हेमजा क्षेत्रका लागि माछापुच्छ«े पार्टी प्यालेसको प्रांगण केन्द्र तोकेपछि कोरोना महामारी नियन्त्रण समन्वय समिति लागिपरेको थियो । समिति सचिव अधिकारी आइतबार बिहान ७ बजेतिर खोप केन्द्र पुग्दा खोप लगाउनेको लामो लाइन थियो । उनी सोको व्यवस्थापनमा जुटे । भीड हुन थालेपछि खोप लगाउनेलाई टोकन दिइयो । हजार डोजको हाराहारीमा आउने कुरा भएर ९ सय ५५ वटा टोकन बाँडिसकिएको थियो ।
बिहान १० बजेतिर खोप लिएर गाडी खोप केन्द्र आयो । १५/२० मिनेटपछि खोप कार्यक्रम स्थगित भएको भन्दै गाडी फर्कियो । ‘गाडीमा आएकाहरु केन्द्रबाट रोक्ने आदेश आएको छ भनेर फर्कनुभयो,’ अधिकारीले भने, ‘लाइन बसेकाहरु बोल्न सकेनन् । बिहानभर पानीमा लाइन बसेर रित्तो हात फर्कनुपर्यो, खोप नलगाइकन ।’
अधिकारीले भने यो कार्य राज्यको यो चरम लापरबाही भएको बताउँछन् । बिहान ६ बजेबाट सर्वसाधारण पानीमा भिज्दै खोप केन्द्र आएको र झन्डै १ हजार टोकन वितरण गरिसकेको अवस्थामा अन्तिम समयमा आएर स्थगित हुनु लापरबाही भएको उनको आक्रोश थियो । माथिको आदेश भन्दै खोप नलगाउने भनी सूचना सार्वजनिक जारी गर्नु जायज नभएको उनले बताए । ‘कोरोना महामारीको समयमा सयौंको भिड जम्मा गरेर आमनागरिकको स्वास्थ्यमाथि लापरबाही र दुःख दिने कार्यको जिम्मेवारी कस्ले लिने ?’ उनले भने ।
हेमजामा जस्तै पोखरा महानगरज्ञले तोकेका सबै खोप केन्द्रमा आइतबारका कार्यक्रम स्थगित भए । बिहानैदेखि खोप लगाउने आशामा बसेकाहरु निराशा हुँदै घर फर्किन बाध्य भए । पोखरा महानगरले अघिल्लो दिन शनिबार पनि अन्तिम समयमा आएर पूर्व निर्धारित खोप अभियान स्थगित गरेको थियो ।
पोखरा ३, नदीपुरस्थित कन्या क्याम्पसमा शनिबार खोप लगाउन पुगेका वित्तीय संस्थामा कार्यरत राजकुमार यादव पालो कुरेर बसेका थिए । तर अन्तिम समयमा आएर एकाएक खोप स्थगित भएको सुन्दा उनी निराश बने । पोखरा महानगरले शनिबार पेसागत समूहका व्यक्तिलाई निर्धारण गरेको खोप कार्यक्रम आगामी सातासम्म स्थगन गरेको सूचना जारी गरेको छ ।
५० देखि ५४ वर्ष उमेर समूहका लागि भनेर ल्याइएको खोप अन्य उमेर समूह र पेसागत समूहले लगाउन थालेसँगै स्थगित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्का बताउँछन् । प्रोटोकल नमिल्दा स्थगित गर्नुपरेको उनले बताए । पोखराको स्थानीय जनसंख्या भन्दा बाहिरबाट आएर विभिन्न पेसा व्यवसाय गर्नेको जनसंख्या धेरै भएकाले उनीहरुलाई समेत समेटेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्दा अपुग भएको उनको भनाइ छ । उनले प्रदेशका अरु जिल्लामा भने निर्वाध रुपमा कार्यक्रम चलिरहेको जानकारी दिए । ५० देखि ५४ वर्ष उमेर समूहले लगाइसकेर बाँकी रहेको अवस्थामा अन्य उमेर समूहका लागि पनि खोप लगाइने उनको भनाइ छ ।
तोकिएको उमेर समूहभन्दा बाहिरकालाई खोप दिन नसकिने भएकोले महानगरका सबै खोपकेन्द्रमा पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए । ‘महानगरले ३२ स्थानमा खोप केन्द्र तोकेको थियो । स्वास्थ्य कार्यालयले छुट्टै ४ ठाउँमा केन्द्रबाट खोप लगाउने भनिएको थियो,’ उनले भने, ‘प्रदेशबाटै उमेर समूह नमिलेको भनेपछि स्थगित भएको हो । आइतबार लगाइने भनिएको खोप एक पटक मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन भएको पनि उनले जानकारी दिए ।
यसैबीच, गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सनको १ लाख २६ हजार डोज प्रदेशमा आएको प्रदेश स्वास्थ्य निर्देशक खड्काले बताए । त्यसमध्ये कास्कीमा २५ हजार १ सय ४६ डोज, नवलपुरमा नवलपुर १५ हजार ७२, तनहुँमा १४ हजार ७ सय ४२, बागलुङमा १२ हजार ६२, स्याङ्जामा १० हजार ५ सय ३२, गोरखामा १० हजार ३ सय ७४ डोज, खोप पुर्याई सकिएको छ । त्यस्तै लमजुङमा ७ हजार २ सय ९५ डोज, म्याग्दीका लागि ४ हजार ६ सय ९१, पर्वतका लागि ६ हजार २ सय ९४, मुस्ताङका लागि ४ सय ८२ र मनाङ २ सय ६८ जनालाई पुग्ने खोपको व्यवस्था गरिएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१