पोखराका मेयर मानबहादुर जिसीलाई हृदयघात

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७८
man bahadur gc

प्रमुख, मानबहादुर जिसी पोखरा महानगरपालिका

पोखरा, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । उनलाई थप उपचारार्थ काठमाडौं लैजाने तयारी छ ।

आज बिहान ४ बजे हृदयघात भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल, फूलबारी लगिएको थियो । उपचारका क्रममा मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्घृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए ।

बराल भन्छन्, ‘चिकित्सकका अनुसार मेयर सावको अवस्था जटिल देखिँदैन । उहाँ हामीहरुसँग बोल्न पनि बोलिरहनु भएको छ।’

मेयर जिसीलाई अहिले हेलिकोप्टरमार्फत काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिने तयारी छ ।

जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width