स्वयंसेविका : गाउँका डाक्टर

सविन लामिछाने
असार ३१, २०७८
Vyas news

labfO{ sfo{qmdsf] ;fd”lxs t:jL/ bdf}nL, #) c;f/ M tgx’Fsf] Jof; gu/kflnsfsf k|d’v j}s’07 Gof}kfg], pkk|d’v dL/f hf]zL, k|jQmf df]xgs’df/ >]i7 ^) jif{ pd]/ k’u]sf dlxnf :jf:YosdL{nfO{ bf];Nnf, k|z+;fkq / gub ;lxt labfOkl5 ;fd”lxs t:jL/ lvrfpFb} . gu/kflnsfsf !$ dlxnf :jf:YosdL{nfO{ gub ? #% xhf/;lxt a’waf/ labfO ul/Psf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

दमौली । व्यास ५, चापाघाटकी विष्णुमाया खनाल स्वास्थ्य स्वयंसेविका हुन् । उनी २८ वर्षदेखि यो क्षेत्रमा कार्यरत छिन् । वडाका महिला तथा बालबालिकाको स्वास्थ्यको लाागि मानिसका घरदैलोमै पुगेर उनले स्वास्थ्य सेवा दिन्छिन् । गाउँघरमा उनले राम्रो सम्मान पाउनुका साथै कतिपय ठाउँमा स्थानीयले उनलाई ‘डाक्टर’ समेत भनेरै बोलाउँछन् ।
उनी जस्तै व्यास नगरका १ सय ५ जना बिनापारिश्रमिक यस पेसामा लगातार लागिरहेका छन् । उनीहरूले गरिरहेको कामको मूल्यांकन गरी सकारात्मक सन्देश दिनुपर्ने भन्दै व्यास नगरपालिकाले बुधबार ६० वर्ष पुगेका १४ जना महिला स्वस्थ्य स्वसंसेविकालाई प्रोत्साहन रकमसहित बिदाइ गरेको छ ।
नगरपालिकामा विसं २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत १४ जनालाई जनही ३५ हजार प्रोत्साहन रकम सहित बिदाइ गरेको हो । स्वास्थ्य स्वयंसेविकाले पुर्‍याएको योगदानस्वरुप प्रोत्साहन रकमका लागि स्वास्थ्य कार्यालयले १ लाख र बाँकी ३ लाख ९० हजार नगरपालिकाले उपलब्ध गराएको थियो ।
बिदाइ हँुदै गर्दा व्यास नगर महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष समेत रहेकी खनालले बिदाइको घडीमा दुःख लागे पनि रोएर नभई हाँसी हाँसी जाने बताइन् । ‘सेवाको भावनासहित लामो समय काम गर्‍यौं, अझै पनि सेवा गर्ने चाहना थियो, सरकारको नीति बमोजिम उमेर हदपछि सेवाबाट अवकाश लिनैपर्ने बाध्य आयो,’ उनले भनिन् ।
बिदाइ भएका ठाउँमा नयाँ महिला स्वास्थ्य स्वयंसेविका छनौट गरिनेछ । नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशी, व्यास ५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले दोसल्ला, प्रशंसापत्र र नगद सहित महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरेका हुन् ।
नगर प्रमुख न्यौपानेले सरकारको नीतिका कारण स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गर्नुपरेको बताउँदै सामाजिक र राजनीतिक काममा क्रियाशील हुन आग्रह गरे । उपप्रमुख जोशीले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताइन् । वडाध्यक्ष एवं प्रवक्ता श्रेष्ठले सुविधा दिन नसकिए पनि निःशुल्क सेवा गर्न चाहेको खण्डमा नगरपालिकाले सदैव सहयोग गर्ने बताए ।
सम्मान सहित बिदाइ हुनेमा व्यास १ निवासी कल्पना घर्ती क्षत्री, व्यास २ कि शोभा पन्त, विष्णुमाया बुढाथोकी, व्यास ४ कि भगवती न्यौपाने, व्यास ५ कि गोमा खनाल, विष्णुमाया खनाल, व्यास ६ कि शान्तिशोभा न्यौपाने, व्यास ८ कि ईच्छामाया पराजुली, व्यास ९ कि माया गुरुङ (क), व्यास ११ कि हुमा राना, व्यास ११ कि विष्णुकुमारी श्रेष्ठ, व्यास १३ निवासी नन्दकुमारी आले र व्यास १४ निवासी कालीमाया थापा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width