२२ घर परिवारलाई रेडक्रसको सहयोग

आदर्श समाज सम्वाददाता
असार ३०, २०७८
rising news redcross

दमौली । नेपाल रेडक्रस सोसाइटीले बाढी पहिरोबाट घर भत्केर विस्थापित ऋषिङको ऐरीचौपारीका २२ घर परिवारलाई त्रिपाल, कम्बल, भाँडाकुँडा तथा कपडा सहयोग गरेको छ । सभापति कृष्णहरि वाग्लेको नेतृत्वमा गएको टोलीले पूर्ण रुपमा घर भत्किएका १२ तथा आंशिक रुपमा भत्किएका १० परिवारलाई सहयोग वितरण गरेको सोसाइटीका उप सभापति ऋषिराम पोख्रेलले जानकारी दिए । सोसाइटी कोटदरबार उपशाखाको सक्रियतामा पीडितलाई राहत वितरण गरिएको सभापति इन्द्र आलेले बताए । कार्यक्रममा कांग्रेस जिल्ला सदस्य मोहन गिरीले पनि सक्रिय सहभागिता जनाएका थिए ।

बजार इकाइको सहयोग
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइले सबै घरका परिवारलाई लत्ताकपडा तथा खाद्य सामग्री सहयोग गरेको सभापति भुपाल आलेले जानकारी दिए । इकाइले घर भत्किएका २ परिवारलाई साढे ७ हजारका दरले १५ हजार रुपैयाँ सहयोगसमेत गरेको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width