बाढीले घर पुरिँदा दम्पत्तीको मृत्यु

साधन राम्जाली
असार २३, २०७८
badhi (1)

म्याग्दी । खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा म्याग्दीमा दम्पत्तीको मृत्यु भएको छ ।
जिल्लाको मंगला गाउँपालिका–५, छिस्बाङस्थित मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आएका २२ बर्षीय गजिन रोका र उनकी श्रीमती १९ बर्षीय बिना रोकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रहरी, जनप्रतिनिधि र स्थानीयले शव निकालेका हुन् । कानुनी प्रकृया पुरा गरेर शव आफन्तलाई बुझाइएको छ ।
यसैगरी ,गएरातिदेखि परेको अविरल बर्षाका कारण जिल्लाका मुख्य सडक अवरुद्ध भएका छन् ।

Related News

सम्बन्धित समाचार

    • गण्डकीमा ९२ प्रतिशत निको

      आदर्श समाज सम्वाददाता श्रावण १४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बिहीबार ३३ जना कोरोनामुक्त भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेका संख्या अत्यन्तै कम हो…
    • १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

      रासस श्रावण १४, २०७८
      जेनेभा । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा…
    • पोखरामा मनाङ मर्स्याङ्दीको होम ग्राउन्ड र एकेडेमी

      धनबहादुर गुरुङ श्रावण १४, २०७८
      पोखरा । ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद्…
    • जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

      रासस श्रावण १४, २०७८
      गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका…
    • प्रेस युनियनद्वारा गण्डकी प्रदेशका मन्त्रीलाई बधाई

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा, १३ पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads