बाढी पीडितलाई रेडक्रसको सहयोग

आदर्श समाज सम्वाददाता
असार २३, २०७८
badhi prabhav news

पोखरा । पोखरा ३२ सीता गुफा निवासी रामबहादुर भुजेल र देवी ढुंगानालाई नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाको समन्वयमा सहयोग उपलब्ध गराइएको छ । रेडक्रस पोखरा ३२ उपशाखाले कास्की जिल्ला शाखासँग समन्वय गरी दुवै परिवारलाई विपद् व्यवस्थापन राहतको पूर्ण प्याकेज उपलब्ध गराएको हो । उनीहरुको घरमा अबिरल बर्षापछि आएको बाढीले क्षति पुर्‍याएको थियो ।
उपशाखाका सभापति किसन परियारका अनुसार ढुंगाना तथा भुजेल परिवार समस्यामा परेको जानकारी हुनासाथ जिल्ला शाखासँग समन्वय गरी पूर्ण प्याकेजको राहत उपलब्ध गराइएको हो । राहत वितरण कार्यक्रममा उपशाखाका सभापति किसन परियारसहित सचिव विन्दुराज तिवारी, सहसचिव कीर्तिराज खनाल, सदस्य लक्ष्मीकान्त सापकोटालगायत स्थानीयवासी सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै